Sagun Khabar
बैतडीका मोहनको एनआरएनए जापानमा उम्मेद्वारी 
Atrya hospital

बैतडी –बैतडीका मोहनसिंह मडैले गैर आवासीय नेपाली संघ (एनआरएनए) जापानमा उम्मेद्वारी दिने भएका छन् । 

बैतडीको सुर्नया गाउँपालिका वडा नं ५ स्थायी घर भएका मडैले जुलाई २७ मा हुने एनआरएन जापानको केन्द्रिय सदस्य पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । 

उनले यसअघि एनआरएनए क्युसूको उपसंयोजक पदमा रहेर काम गरिसकेका छन् । गैर आवासीय नेपालीहरुको हकहितका आफूले उम्मेद्वारी घोषणा गरेको मडैले बताएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०९:५०
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update