Sagun Khabar
बैतडीमा ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु 
फाइल फोटो
Atrya hospital

बैतडी –बैतडीमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको मेलौली नगरपालिका ५ स्थित मेलौली –तितावै सडकखण्डमा गएराती से २ त २५८१ नम्बरको ट्याक्टर दुर्घटनामा परेको हो । सो दुर्घटनामा ट्याक्टरका सहचालक पञ्चेश्वर गाउँपालिका ५ जेबलकट्टेका ३० बर्षीय राजबहादुर चन्दको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

दुर्घटनामा परेर सोही ठाउँका २२ बर्षीय डबलबहादुर चन्द घाइते भएका छन् । ट्याक्टर चालक डडेल्धुराको परशुराम नगरपालिका ५ जोगबुढाका ४७ बर्षीय मानबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

ढलान गर्ने सामग्री बोकेको ट्याक्टरको ढाला पल्टिएको बताईएको छ । लोडकै कारण ट्याक्टर दुर्घटना भएको हुन सक्ने प्रहरीले जनाएको छ । पछिल्लो समयमा कच्ची सडकमा दुर्घटना बढ्दै गएका छन् । 
 

प्रकाशित मिति: बुधबार, असार २३, २०७८  ०९:४५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update