Sagun Khabar
सुदूरपश्चिममा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य, १४ जना संक्रमणमुक्त 
Atrya hospital

बैतडी –सुदूरपश्चिममा मंगलबार कोरोनाबाट मृत्यु हुनेको संख्या शुन्य रहेको छ । प्रदेशका ९ ओटै जिल्लामा पछिल्लो २४ घण्टामा कोरोनाबाट मृत्यु भएको विवरण प्राप्त नभएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ६१ जनामा कोरोना पुष्टि भएको छ । ८४७ जनाको नमूना परीक्षण गर्दा थप ६१ जनामा कोरोना पुष्टि भएको हो ।

यस्तै प्रदेशभरी पछिल्लो २४ घण्टामा १४ जना संक्रमणमुक्त भएका निर्देशनालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १८:१४
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update