Sagun Khabar
बैतडीमा मंगलबार ४ जनाले कोरोना जिते, थप ३ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा मंगलबार ४ जनाले कोरोना जितेका छन् । दशरथचन्द नगरपालिकाका ३ जना र बझाङका एकजनाले कोरोना जितेको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ । यस्तै आज थप तीनजनामा कोरोना पुष्टि भएको छ । डिलाशैनी गाउँपालिकाका २ र दशरथचन्द नगरपालिकाका एकजनामा कोरोना पुष्टि भएको हो ।

जिल्लामा अहिले ८८ जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमित मध्ये दोगडाकेदार गाउँपालिकामा २३ जना, पाटन नगरपालिकामा १८ जना, डिलाशैनी गाउँपालिकामा ११ जना, दशरथचन्द नगरपालिकामा ९ जना र सुर्नया गाउँपालिकामा ९ जना रहेका छन् ।

यस्तै मेलौली नगरपालिकामा ६ जना, शिवनाथ गाउँपालिकामा ५ जना, पञ्चेश्वर गाउँपालिका, सिगास गाउँपालिका र पुर्चौंडी नगरपालिकामा एक÷एक जना सक्रिय संक्रमित रहेका छन् । यस्तै बैतडीमा अन्य जिल्लाका ४ जना सक्रिय संक्रमित रहेका स्वास्थ्य कार्यालयले जनाएको छ । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १७:३३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update