Sagun Khabar
पूर्वाधार विकास कार्यालयलाई लेन्थवर्कर हस्तान्तरण भएका छैनन् : कार्यालय प्रमुख जोशी 

बैतडी –पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख जगतप्रसाद जोशीले सडक डिभिजन कार्यालयबाट आफूहरुलाई लेन्थवर्कर हस्तान्तरण नगरिएको बताएका छन् । सडक डिभिजन कार्यालयले सडकहरु हस्तान्तरण गर्दा पाटन –पञ्चेश्वर सडकका लेन्थवर्कर हस्तान्तरणका बारेमा कुनै कुरा उल्लेख नगरेको बताए । उनले भने ‘ सडक कार्यालयले २०७५ मा लेन्थवर्कर तथा सुपरभाईजर काम गरिरहेका भन्ने जानकारी गराएको भएपनि त्यो जानकारी पछि सडकले नै उनीहरुलाई तलब खुवाएको छ ।’

कानुनी हिसाबले आफूहरुले लेन्थवर्कर सडकमा राख्न नपाइने समेत उनले दाबी गरे । उनले भने ‘हामीलाई ठेक्का भएको सडक हस्तान्तरण भएको हो । ठेक्का भएको सडक ठेकेदार मातहत हुन्छ । त्यसैले अहिले हामीले लेन्थवर्कर राख्न मिल्दैन् ।’

Atrya hospital

आफूहरुलाई सडक डिभिजन कार्यालयले लेन्थवर्करहरुको नामावली दिएकाले त्यो बिषयमा बुझ्न सडक बोर्ड सम्म पुगेपनि पूर्वाधार विकास कार्यालयमा उनीहरु तलब निकासा नभएको जोशीले बताए । 

यस्तै लेन्थवर्करहरुले उठाएको मागको बिषयमा २०७६ असोजमै भौतिक पूर्वाधार विकास मन्त्रालयमा फाइल बुझाएको भएपनि अहिले सम्म कुनै सुनुवाई नभएको जोशीले बताए । 

पाटन–पञ्चेश्वर सडकमा काम गर्ने लेन्थवर्करहरुले आफूहरुले नियमित काम गर्दै आईरहेको दाबी गरेका छन् । तर पूर्वाधार विकास कार्यालयले भने कसैलाई काममा नलगाएको प्रष्ट पारेको छ । 

२१ महिनादेखि पारिश्रमिक नपाएको भन्दै गएको शुक्रबारदेखि १२ जना लेन्थवर्कर अनसनमा बसीरहेका छन् । आफ्ना मागहरु पूरा नहुँदा सम्म उनीहरुले अनसन नछाड्ने अडान लिएका छन् । 

प्रकाशित मिति: मंगलबार, असार २२, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update