Sagun Khabar
प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाकाे बहस सकियाे, अर्काे पेसी असार २८ गते ताेकियाे

काठमाण्डाै – प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको फैसला यही असार २८ गते आउने भएको छ । मुद्दाको बहस आज सकिएको छ ।

रिट निवेदक, सरकारी पक्ष र एमिकस क्युरीको राय पनि सकिएको सर्वोच्च अदालतले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले यो मुद्दाको पेसी २८ गतेलाई तोकेकाले फैसला २८ गते नै आउन सक्ने सम्भावना छ । 

Atrya hospital

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, वरिष्ठतम् न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलासमा आजबाट सम्पूर्ण सुनुवाइ सकिएर अदालतले यस दिन फैसला सुनाउने मिति तय गरेको हो ।  

आज रिट निवेदक पक्षका वकिलले बहस र एमिकस क्युरीका सदस्यले राय दिएका छन् । एमिकस क्युरीका सदस्यको राय बाझिएको छ । केहीले संसद् पुनर्स्थापना र शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन सुझाव दिएका छन् भने केहीले चुनावमै जान सुझाव दिएका छन् । 

-उज्यालो अनलाइनबाट 

 

 

प्रकाशित मिति: सोमबार, असार २१, २०७८  १८:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update