Sagun Khabar
हिस्टुन बैतडीको अध्यक्षमा जोशी चयन 

बैतडी –माध्यमिक विद्यालय शिक्षक युनियन, नेपाल (हिस्टुन) बैतडीको अध्यक्षमा राजेन्द्रप्रसाद जोशी चयन भएका छन् । 

हिस्टुन बैतडीको शनिबार सम्पन्न पाँचौं जिल्ला अधिवेशनले जोशीको अध्यक्षतामा नयाँ जिल्ला कमिटि चयन गरेको हो । उक्त कमिटिको उपाध्यक्षमा महेशप्रसाद भट्ट, सचिवमा महादेव ओझा, सहसचिवमा शिवदत्त पाण्डेय, कोषाध्यक्षमा विनोदराज पन्त लगायत अन्य सदस्यहरु चयन भएका छन् ।

हिस्टुनले शिक्षकहरुको पेशागत हकहितको लागि काम गर्ने नवनिर्वाचित अध्यक्ष जोशीले बताए । 

यस्तै हिस्टुनले दशैं तथा तिहारको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम समेत सम्पन्न गरेको छ । हिस्टुनका निवर्तमान जिल्ला अध्यक्ष खेमराज जोशीको अध्यक्षतामा भएको कार्यक्रममा हिस्टुनका केन्द्रीय सचिव अर्जुन कुँवर प्रमुख अतिथी रहेका थिए । 
 

प्रकाशित मिति: आइतबार, असोज १८, २०८३  ०८:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update