Sagun Khabar
कैलालीमा झण्डै डेढ किलो चरेशसहित चार जना पक्राउ 

कैलाली –कैलालीमा झण्डै डेढ किलो लागू औषध चरेशसहित चार जना पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका –१० बस्ने ४८ वर्षीय नरबहादुर घिमिरे, ३१ वर्षीय थानेश्वर घिमिरे, कञ्चनपुरको भिमदत्त नगरपालिका –१ बस्ने २९ वर्षीय सागर बस्नेत र कृष्णपुर नगरपालिकाका ३६ वर्षीय चन्द्र नेपाली रहेका प्रहरीले जनाएको छ ।

Atrya hospital

घोडाघोडी नगरपालिका–५ को देउकलियाबाट सुदूरपश्चिम प्रदेश अनुसन्धान समूह (आरआइटी) र इलाका प्रहरी कार्यालय सुखडको टोलीले ४ जनालाई पक्राउ गरेको हो । 

चारै जनालाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  ०७:४८
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update