बाजुरा –बाजुरामा चट्याङ लागेर बालिकाको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका–६ कोर्दमा चट्याङ लागेर शनिवार राति एक बालिकाको मृत्यु भएको हो ।
स्थानीय माझथला लेकको खर्कमा राति परेको चट्याङ लागेर कोर्द गाउँका तुले रावलकी ११ वर्षीया छोरी परु रावलको मृत्यु भएको हो ।
चट्याङबाट रावलका दुई भैंसी र एक गोरुसमेत मरेका छन् ।
प्रकाशित मिति: आइतबार, भदौ १७, २०८० ११:३७
प्रतिक्रिया दिनुहोस्