Sagun Khabar
धनगढीमा अटो दुर्घटना हुँदा  चालकको मृत्यु 

कैलाली –धनगढीमा अटो दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका–५ को तारानगरमा से१ह २८९९ नम्बरको अटो रिक्सा शुक्रबार साँझ दुर्घटना हुँदा चालक ५० वर्षीय गंगा केसीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Atrya hospital

अटो आफैं अनियन्त्रित भएर पल्टिंदा घाइते भएका केसीको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । 

अटो तारानगरबाट राष्ट्र बैंक चोकतर्फ आउने क्रममा भित्रि सडकखण्डमा दुर्घटनामा परेको थियो ।
 

प्रकाशित मिति: शनिबार, भदौ १६, २०८०  ०९:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update