Sagun Khabar
सीमामा घर फर्किने र सामान किन्नेको भिड

बैतडी- भारतसंग सीमा जोडिएको बैतडीको  सीमानाका झुलाघाटमा भिड बढेको छ । गौरा पर्व नजिकिए संगै आजभोलि आउजाउ  गर्नेको  सीमामा भिड बढेको  हो ।

 गौरा मनाउ घर फर्किने  प्रदेशी र गौराका लागि सामान किन्नेहरुको संखयामा वृद्धि भएपछि सीमामा  भिड बढेको  सीमा प्रहरीचौकी झुलाघाटका प्रहरी इन्चार्ज  प्रहरी सहायक निरीक्षक  जयसिंह भाट जानकारी दिए । नौकरी गरेर  नेपाल फर्किने र यताबाट खाद्यान्न सामान खरिदका लागि जाने बढेका उनले  बताए ।

Atrya hospital

अहिले  झुलाघाट नाकाबाट दैनिक  डेढसय जना आउजाउ गरिरहेका उनको  भनाई  छ ।  लत्ता कपडा, खाद्यान्न लगायतका  सामानका लागि जानेको सङख्यामा पनि पहिले भन्दा अहिले वृद्धि भएको उनले बताए । सुदूरपश्चिमेलीहरुको महान पर्व गौरा नजिक आएपछि सीमामा पनि चहलपहल बढेको छ ।

गौरा पर्वका बेला खाद्यान्न लत्ताकपडा लगायत  सामान किन्न यहाँका अधिकाँश नागरिकहरु भारतीय बजार जाने गरेका छन् ।  सीमा नाका झुलाघाटबाट स्वदेश भित्रिने र सामानका लागि जानेको  सङख्या बढेपछि चेकजाँचमा पनि कडाइ गरिएको छ ।

अ‍ैवध सामान नभित्रियोस भनेर चेकजाँच गर्ने  गरिएको  झुलाघाट प्रहरीचौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भाटले  बताए । गौरा नजिकिएसंगै गाउँघरमा चहलपहल बढेको छ । यो बर्ष कुनै ठाउँमा भदौ ७ गते र कुनै ठाउँमा भदौ २१ गते गौरा मनाइदै छ ।  

प्रकाशित मिति: सोमबार, भदौ ४, २०८०  १२:००
प्रतिक्रिया दिनुहोस्
Weather Update