Sagun Khabar
सिद्धपुर स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
Atrya hospital

बैतडी –बैतडीको पाटन नगरपालिका वडा न १०  स्थित सिद्धपुर  स्वास्थ्यचौकीको सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्यचौकी सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष एवं पाटन नगरपालिका वडा न १० का  वडा अध्यक्ष धन बहादुर कुँवरको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

आईतबार सम्पन्न भएको सार्वजनिक सुनुवाई तथा सामाजिक लेखा परीक्षण कार्यक्रममा स्वास्थ्यचौकी इन्चार्ज महेन्द्र बोहराले संस्थाको आर्थिक, भौतिक तथा सामाजिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सार्वजनिक सुनुवाई तथा सामाजिक परीक्षण कार्यक्रममा स्थानीय सरोकारवालाहरुको सहभागितामा स्वास्थ्यचौकीले गत आर्थिक बर्षमा सम्पादन गरेका कामहरुको विवरण सरोकारवालाहरुलाई जानकारी गराइएको स्वास्थ्यचौकी इन्चार्ज बोहराले बताए । स्वास्थ्यचौकी इन्चार्ज बोहराले प्रस्तुत गरेको प्रतिवेदन अनुसार स्वास्थ्यचौकीको गत आर्थिक बर्षको आयतर्फ ५ लाख २७ हजार ४९६ रुपैंया, व्ययतर्फ ४ लाख ८८ हजार ९६ रुपैंया र बचत ३९ हजार ४०० रुपैंया रहेको छ । 

अहिले सिद्धपुर स्वास्थ्यचौकीमार्फत खोप कार्यक्रम, पोषण कार्यक्रम, परिवार नियोजन सेवा, सुरक्षित मातृत्व कार्यक्रम, समुदायमा आधारित बालरोगको एकीकृत व्यवस्थापन कार्यक्रम, राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका कार्यक्रम, सरुवा रोग नियन्त्रण कार्यक्रम, नसर्ने रोग उपचार तथा नियन्त्रण कार्यक्रम, किशोरकिशोरी मैत्री यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सेवा, पाठेघरको मुखको क्यान्सरको पहिचान तथा रोकथाम कार्यक्रम, किशोरकिशोरी आईरन चक्की बितरण सेवा प्रदान भइरहेका स्वास्थ्यचौकी प्रमुख बोहराले बताए ।
 

प्रकाशित मिति: सोमबार, साउन २९, २०८०  १३:०३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update