Sagun Khabar
बझाङकी गिठीदेवीले पाइन् ८९ बर्षमा नागरिकता 

बझाङ – बझाङको मष्टा गाउँपालिका भातेखोलाकी गिठीदेवि जोशीले ८९ वर्षको उमेरमा नागरिकता पाएकी छन् । उनले हिजो शुक्रवार नागरिकता पाएकी हुन् । 

प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयको टोलीले घरमै गएर नागरिकता दिएपछि जोशीसहित स्थानीयसमेत खुसी भएका छन् । 

Atrya hospital

उनको नागरिकताको आवश्यकताबारे थाहा नहुँदा नागरिकताविहीन हुनुभएको पाण्डेयले बताए ।  ‘आमाले नागरिकता नपाएको बारेमा छोरा गौरीलालले जिल्ला प्रशासनमा खबर गर्नुभएको थियो । त्यसपछि सम्पूर्ण कागजात तयार गरेर घरमै पुगी नागरिकता दिएका हौँ’, प्रमुख जिल्ला अधिकारी पाण्डेयले भने । उनले अब सरकारबाट प्राप्त हुने सेवा सुविधा पाउने पाण्डेयले बताए । 

गाउँमा धेरै जनाले सदरमुकाम गएर नागरिकता बनाउन सुझाव दिएपछि प्रशासनलाई जानकारी गराएलगत्तै प्रशासनले घरमै आएर नागरिकता दिएको गौरीलालले बताए ।
 

प्रकाशित मिति: शनिबार, साउन २७, २०८०  १३:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update