Sagun Khabar
बैतडीमा मह उत्पादनको  अवस्था कस्तो छ ?

बैतडी- बैतडीमा मह उत्पादन बढ्दै गएको  पाइएको छ । कृषि ज्ञान केन्द्रले  दिएको  तथ्याङ्क अनुसार जिल्लामा मह उत्पादन बढ्दै गएको पाइएको हो । 

कृषि ज्ञान केन्द्रको  तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७७÷७८ मा १६ दशमलव ४५ मेट्रीकटन मह उत्पादन भएको छ । यस्तै २०७८÷७९ मा १४ दशमलव २० मेट्रीकटन र गत आर्थिक वषर्मा २० दशमलव  ६४ मेट्रीकटन  मह उत्पादन भएको छ ।

Atrya hospital

चरन क्षेत्र बढनुका साथै आधुनिक घारको बढ्दो प्रयोगले जिल्लामा मह उत्पादन बढ्दै  गएको कृषि ज्ञानकेन्द्र बैतडीका सूचना अधिकारी मिलन कंडेलले बताए । ७८÷८९ मा मौसममा आएको खराबीले मह उत्पादन केहि घटे पनि गत वर्ष बढेको उनले बताए । यहाँका नागरिकहरुले उत्पादित मह बेचेर मनग्य आम्दानि गर्दै आएका छन् । 

  दशरथचन्द नगरपालिका ५ पल्लाचौडाली घर भएका माहुरीपालक सुर्दशन लेखकले सेरेना जातका माहुरी पालेका छन् । उनि संग १ सय ५० माहुरीका घार छन् । मह र माहुरी बेचेर बार्षिक ३  देखि ४ लाख कमाउने गरेको  लेखकले बताए ।  गत वर्ष  ८ क्युन्टल  मह उत्पादन भएको उनले  बताए । 

अहिले बैतडीमा मह प्रतिकिलो १२ सय रुपैँयामा बिक्री हुने गरेको छ ।  मह महंगोमा मुल्यमा बिक्री हुन थलोपछि यहाँका नागरिकहरुको पेशातर्फ आकर्षण समेत बढ्दै  गएको  छ । महको  बजारिकणमा पनि समस्या नरहेको माहुरी पालकहरुले बताए । जिल्लामा उत्पादित मह धनगढी महेन्द्रनगरदेखि काठमाण्डौँ र सिमावर्ती भारतका बजारमा समेत बिक्री हुने गरेको छ ।

जथाभावि वनफडानि नगरि  माहुरीको चरन क्षेत्र विस्तारमा ध्यान दिए अझै मह उत्पादनमा वृद्धि हुने अपेक्षा गरिएको  छ । जिल्लाको दशरथचन्द नगरपालिका , सिगास गाउँपालिकाको गाँजरी, ढुङगाड , मेलौली नगरपालिकाको, विशालपुर मह उत्पादनको पकेट क्षेत्र मानीन्छन् । 

यस्तै दोगडाकेदार गाउँपालिकाको श्रीकोट , देउलेक , सित्तड , डिलाशैनी गाउँपालिकाको रुद्रेश्वर पनि मह उत्पादनको पकेट क्षेत्र हुन् । बैतडीमा आधुनकि र परम्परागत गरि २८ सय ५० माहुरीका घार रहेका कृषि ज्ञानकेन्द्र बैतडीले  जनाएको  छ । 

प्रकाशित मिति: बुधबार, साउन २४, २०८०  ०९:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update