Sagun Khabar
पत्रकार  कुट्ने  बझाङका जिल्ला संयोजकलाई रास्वपाले  निलम्बन गर्याे

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ । खड्कालाई निलम्बन गरिएको महामन्त्री मुकुल ढकालले जानकारी दिए ।

‘पत्रकारमाथि हातपात गरेको भनि आएका बझाङ्का सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ, महामन्त्री ढकालले भने,‘अनुशासन समितिले थप अनुसन्धान गर्दैछ ।’

जिल्ला संयोजक खड्काले पत्रकार महासंघ बझाङका सदस्य सुनिल मण्डेललाई आक्रमण गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति: मंगलबार, साउन ९, २०८०  १८:०७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update