बैतडीमा रास्वपाको रक्तदान कार्यक्रम
बैतडी–राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीले रक्तदान कार्यक्रम गरेको छ । जिल्ला अस्पतालमा रहेको मिनि ब्लड बैंकमा पुगेर रास्वपाका नेता÷कार्यकर्ताले आज रक्तदान गरेको रास्वपाका सुदूरपश्चिम उपसभापति भोजराज जोशी (क्वालिटीले) बताए ।
रास्वपाको दशरथचन्द नगर कमिटि र वडाका सभापतिहरुले रक्तदान गरेको बताइएको छ । अबका दिनमा समेत रक्तदान कार्यक्रमलाई निरन्तरता दिने सुदूरपश्चिम उपसभापति जोशीले बताए ।
रक्तदान जीवनदान भएकाले आगामी दिनमा यो अभियानलाई निरन्तरता दिइने रास्वपाका जिल्ला सचिव हरिश जोशीले बताए ।
प्रकाशित मिति: शुक्रबार, साउन १, २०८३ १८:१५
प्रतिक्रिया दिनुहोस्





