Sagun Khabar
गेटामा विश्वविद्यालय बन्न दिन माफियाले अवरोध गरिरहेका छन् : लेखराज भट्ट

कैलाली –नेकपा एमालेका सचिव लेखराज भट्टले मेडिकल माफियाको चलखेल र सत्तामा बसेकाहरुको अनिच्छाका कारण गेटामा मेडिकल विश्वविद्यालय बनाउन अवरोध भएको बताएका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधामन्त्री हुँदा विश्वविद्यालय बनाउने प्रक्रिया अघि बढाए पनि सरकार ढलेपछि प्रक्रिया नै रोकिएको भट्टले दाबी गरे ।

प्रेस चौतारी कैलालीले सोमबार अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सचिव भट्टले एमालेकै अगुवाइमा गेटामा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय बनाउने निर्णय गराउन सफल भएको तर बजेटसम्म आइपुग्दा मन्त्रिपरिषद्को निर्णय नै उल्ट्याउने काम भएको बताए ।

मेडिकल विश्वविद्यालय बन्न नदिन माफियाहरुले चलखेल गरिरहेको भट्टले आरोप लगाए । भट्टले गेटा मेडिकल विश्वविद्यालय निर्माण गर्न सदनदेखि सडकसम्म आन्दोलन चर्काउने बताए
 

प्रकाशित मिति: सोमबार, असार ११, २०८०  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update