Sagun Khabar
बैतडीको थलाल गाउँमा इन्टरनेट सेवा विस्तार 

बैतडी –बैतडीको दशरथचन्द नगरपालिका २ थलाल गाउँमा इन्टरनेट सेवा विस्तार भएको छ । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले अप्टिकल फाइबरमार्फत थलाल गाउँमा इन्टरनेट सेवा विस्तार गरेको हो । 

देहीमाण्डौं बजारबाट २ किलोमिटर दुरीमा रहेको गाउँमा थलाल गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा विस्तार गरिएको भायानेटका बैतडी प्रबन्धक भीमबहादुर महराले बताए । स्थानीयहरुको आग्रहमा गाउँमा इन्टरनेट सेवा विस्तार गरिएको उनले बताए । 

Atrya hospital

गाउँमा अप्टिकल फाइबारमार्फत इन्टरनेट सेवा पुगेपछि स्थानीयबासीहरु पनि खुसी भएका छन् । इन्टरनेटको पहुँचबाट टाढा रहेको गाउँमा अप्टिकल फाइबरमार्फत इन्टरनेट सेवा सुचारु भएपछि निकै खुसी लागेको स्थानीय नैनसिंह थलालले जानकारी दिए । 

भायानेटले इन्टरनेटबाटै टिभी चल्ने प्याकेजसहित गाउँमा इन्टरनेट सेवा विस्तार गरेको महराले बताए । बैतडीका बजार क्षेत्रमा मात्रै नभएर ग्रामीण क्षेत्रमा पनि इन्टरनेट सेवा विस्तार गर्ने कम्पनीको योजना अनुसार इन्टरनेट सेवा विस्तार गरिएको हो । 

अहिले थलाल गाउँका २० घरमा इन्टरनेट विस्तार गरिएको छ भने थप २० घरमा जडानका लागि प्रक्रिया थालिएको छ । अप्टिकल फाइबारमार्फत इन्टरनेट जडान हुँदा सेवाग्राहीलाई सहज भएको छ । फाइबरमार्फत जडान भएको इन्टरनेट गुणस्तरीय हुने भएकाले नागरिक पनि खुसी भएका छन् । 

भायानेटले बैतडीका बजार क्षेत्रहरुमा यसअघि नै फाइबरबाट इन्टरनेट सेवा विस्तार गरिसकेको छ । भायानेटले नेपालमा पहिलो पटक फाइबर अप्टिक इन्टरनेट सेवा उपलब्ध गराएको थियो भने सन् २०१६ मा यसले नेपालमा पहिलो आइपि टिभी सेवाको पनि शुभारम्भ गरेको थियो । तीव्र गतिको स्तरीय इन्टरनेट सेवा दिँदै आएको भायनेट आइ. एस. ओ. प्रामाणिक कम्पनी समेत रहेको बताइएको छ । 

प्रकाशित मिति: बिहीबार, असार ७, २०८०  ०९:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update