Sagun Khabar
बैतडी पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

बैतडी- बैतडीलाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको छ । मंगलबार  एक कार्यक्रमको आयोजना गरेर जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।

जिल्लाका १६ देखि २३ महिना सम्मका सम्पूर्ण बालबालिकाहरुले राष्ट्रिय खोप तालिका अनुसार खोप पाएकाले जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको स्वास्थ्य कार्यालय बैतडीका सूचना अधिकारी बिपीन लेखकले जानकारी दिए ।

 आज जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीको अध्यक्षता,  पूर्व उद्योग मन्त्री तथा बैतडीबाट निर्वाचित  संघीय  सांसद दामोदर भण्डारीको प्रमुख आतिथ्यतामा बैतडीलाई  पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको उनले  बताए । अपी गेष्ठ हाउस गोठलापनीमा गरिएको पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रममा सुदूरपश्चिमका स्वास्थ्य निर्देश्क जगदिश चन्द्र विष्ट, बैतडीका स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी लगायतको उपस्थिती रहेको थियो ।

२०७२ सालमा बैतडी पूर्ण खोपयुक्त जिल्ला घोषणा भएको भएपनि त्यसको निरन्तरताका लागि हरेक बर्ष पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गर्ने गरिएको छ । 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १८:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update