Sagun Khabar
नेपाल स्काउटको ७२ औं स्थापना दिवसमा बैतडीको  डिलाशैनीमा वृक्षा रोपण

बैतडी- नेपाल स्काउटको ७२ औं स्थापना दिवस बैतडीमा वृक्षा रोपण गरे मनाइएको  छ । जिल्लाको  डिलाशैनी ७ मा रहेको  डिलाशैनी मावि खेतगाउँमा वृक्षारोपण कार्यक्रम गरेर  स्काउटको स्थापना दिवस मनाइएको  स्काउटका डिलाशैनी संयोजक तेजराज जोशीले बताए ।

विद्यालयमा सरसफाइका साथै  वृक्षारोपण गरिएको  उनले  बताए । स्काउटले  विपद् व्यवस्थापन सम्बन्धि, जनचेतनामुलक कार्यक्रमका साथै  आपतविपद्मा  सहयोग गर्दै आएको  उनले  बताए । विद्यार्थीहरुमा अनुशासन, खेलकुद, राष्ट्रप्रेम लगायतका बिषयमा जानकारी समेत दिने गरिएको  संयोजक जोशीले बताए ।

स्काउटका गतिविधिहरुलाई अगाडि बढाउन डिलाशैनी गाउँपालिकाले सहयोग गर्दै आएको छ ।  स्काउटले एक वर्ष देखि  डिलाशौीमा गतिविधि सञ्चालन गरिरहेको  छ ।  नेपाल स्काउट नेपालको स्काउटिंग र गाइडिंग संस्था हो। यसको स्थापना विसं २००९ सालमा भएको हो।

बालबालिका तथा युवा वर्गलाई स्काउटमा  सहभागी गराई तिनीहरूको शारीरिक,मानसिक र बौद्धिक विकास गरी तिनीहरूलाई अनुशासित र स्वावलम्बी बनाई देश विकास कार्यमा सहभागी गराउन स्काउटको स्थापना भएको हो ।

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १५:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update