Sagun Khabar
बैतडीको सुर्नया गाडमा बर्षाे देखि पुल नबनेपछि स्थानीय आन्दोलित

बैतडी- बैतडीको सुर्नया गाडमा बर्षाे देखि पुल नबनेपछि स्थानीय आन्दोलित भएका छन् । पाटन–लोर्खा–सकार–कैलपाल सडकखण्ड अन्तर्गत सुर्नया गाडको त्रिपुरेश्वरमा निर्माणाधिन मोटरेबल पुल लामो सम सम्म निर्माण सम्पन्न नभएपछि अहिले  स्थानीय आन्दोलित भएका हुन् ।

लामो समय देखि पुल निर्माण नभए पछि  स्थानीय नागरिकहरु आन्दोनमा  उत्रेका छन्  । पुल निर्माण समयमै  सम्पन्न नभएपछि आन्दोलित हुनु परेको पुल संघर्ष समितिका संयोजक प्रेम बहादुर  चन्दले  बताए । सम्बन्धित निकायको ध्यानाकषर्ण गाराउन अब सशक्त आन्दोलन गरिने उनले  बताए ।आज  पाटन नगरपालिका वडा नं १र ७ का स्थानीयहरुले सडक डिभिजन कार्यालय पाटनको  कार्यालय घेरेका छन् ।

सुर्नया गाडमा सडक डिभिजन कार्यालय मार्फत निर्माण भैरहेको  पुल निर्माण सम्पन्न  नहुँदा सम्म अब आन्दोलन  जारी रहने स्थानीयहरुको भनाई  छ । नागरिकहरुले  पटक पटक पुल निर्माणका  लागि सम्बन्धित निकायलाई  आग्रह गर्दा  पनि निर्माण कार्यले  पूर्णता    पाउन  सकेको छैन् । यो  पुलको निर्माण कार्य २०७१ भदौ १५ बाट  कार्य सुरु गरिएको  थियो  ।  

३ वर्षभित्र निर्माण सम्पन्नको लक्ष्य राखिएको सो पुलको निर्माण कार्यले अहिलेसम्म पूर्णता पाउन नसकेको हो । निर्माणको जिम्मा पाएको कम्पनीले भने चार पटक म्याद थप गर्दा पनि निर्माण गर्न सकेको छैन् ।

पुल नहुँदा वर्षातको मौसममा पाटन नगरपालिका तथा स्थानीय बजारमा आवाजजावत गर्न र खाद्यन्नका सामान ढुवानीका लागी घण्टौँ पैदल हिड्नुपर्ने कैलपाल सकारका  स्थानीयहरुको बाध्यता रहेको छ ।

सडक सञ्जाल बिस्तार भएपनि वर्षातमा मोटरेबल पुलकै अभावका कारण गाडी चढ्न नपाएको स्थानीय प्रकाश विकले बताए । पाटन देखि वाड नं १ को सकार सम्म सडक सञ्जाल बिस्तार भएको छ । तर  वर्षातमा मोटरेबल पुलकै अभावका कारण आफुहरुले गाडि चढ्न नपाएका स्थानीय विकले बताए ।

निर्माण कम्पनी र सरकारका कारण सास्ती भोग्नु परेको स्थानीय विष्णु पाण्डेयले बताए । २ करोड ९३ लाख ६७ हजार ८ सय ५५ रुपैँयाको लागतमा निर्माण भइरहेको पुल अझै सम्पन्न नहुँदा निर्माण कम्पनीका ठेकेदार र सडक डिभिजनको अहिले आलोचना भइरहेको छ । निर्माण कार्य प्रारम्भ गरेको लामो समयसम्म पुल निर्माण नहुँदा स्थानीय नागरिकहरु आक्रोशित बनेका छन् । 
 

प्रकाशित मिति: मंगलबार, असार ५, २०८०  १३:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update