Sagun Khabar
बैतडीमा  विद्यालयबाट घर फर्किने  क्रममा लडेर  बालिकाको मृत्यु

बैतडी-  बैतडीमा विद्यालयबाट घर फर्किने  क्रममा लडेर  बालिकाको मृत्यु  भएको  छ ।  जिल्लाको  सिगास  गाउँपाकिला वडा नं १ माणौ टोलका  पदमसिंह धामीकी करिब ९ वर्षिया छोरी  हेमन्ती  धामीको विद्यालयबाट  घर फर्किने  बेला लडेर मृत्यु भएको स्थानीय मान सिंह धामीले जानकारी दिए । 

उनका अनुसार हेमन्ती सोमबार दिउँसो साथीहरु संगै  विद्यालयबाट  घर जाने क्रममा गडान भन्ने  ठाउँमा लडेर गम्भीर भएकी  थिइन । उनी गडान खरफागला भएको ठाउँमा घर जाँदै गर्दा  सल्लापिरोलमा चिप्लीएर तल रहेको सडकमा खसेकी थिइन् ।

 लडेर  सडकमा खसेपछि   गम्भीर भएकी  उनको  घर पुर्याउदा मृत्यु भएको बताइएको छ । हेमन्ती वडाकै  पञ्चोदय  माविमा कक्षा १ मा अध्यानरत थिइन् । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  २०:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update