Sagun Khabar
बैतडीका एक जना  लागुऔषध चरेशसहित  प्रकाउ 

बैतडी- बैतडीका एक जना लागुऔषध चरेशसहित प्रकाउ परेका छन् । जिल्लाको  डिलाशैनी गाउँपालिका वडा नं १ नानराका ५० वर्षीय कमलकुमार राना लागुऔषध चरेशसहित दार्चुलाबाट पक्राउ परेका हुन् ।

उनलाई  सोमबार दार्चुलाको शैल्यशिखर नगरपालिक ९ नायलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका  प्रहरी निरीक्षक प्रहरी प्रक्ता ज्ञानेन्द्र  बहादुर  सिंहले जानकारी दिए ।

रानाको साथबाट एक केजी ७०० ग्राम लागुऔषध चरेश फेला परेको उनले  बताए  । चरेश सहित  पक्राउ परेका राना माथि  थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले   जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  १५:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update