Sagun Khabar
बैतडीको मेलौलीका विद्यालयमा आज शोक बिदा 

बैतडी –बैतडीको मेलौली नगरपालिका अन्तर्गतका विद्यालयहरुमा आज शोक बिदा दिइएको छ । 

नगरपालिकाको वडा नम्बर ८स्थित कमलपुर माविमा कार्यरत लेखा कर्मचारी राजसिंह बिष्टको निधन भएको शोकमा विद्यालयहरुमा शोक बिदा दिइएको हो । 

जण्डीसबाट ग्रसित बिष्टको यही असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको भएको थियो । 

नगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सोमबार पालिकाभरीका विद्यालयहरुमा शोक बिदा रहेकाले पठनपाठन नहुने जनाएको हो । 

प्रकाशित मिति: सोमबार, असार ४, २०८०  ०७:४७
प्रतिक्रिया दिनुहोस्
Weather Update