बैतडी – सुदूरपश्चिम विश्वविद्यालय स्थापना दिवस आइतबार विभिन्न कार्यक्रम गरेर मनाइएको छ । नेपाल सरकारको पूर्ण लगानीमा २०६७ साल असार ३ गते विश्वविद्यालय स्थापना भएकाले सोही दिनदेखि स्थापना दिवस मनाउने गरिएको जगन्नाथ बहुमुखी क्याम्पस गोठलापानीका क्याम्पस प्रमुख पृथ्वीराज अवस्थीले बताए ।
सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतको आंगिक क्याम्पस जगन्नाथ बहुमुखी क्याम्पसमा सरसफाइ गरेर विश्वविद्यालय स्थापना दिवस मनाइएको क्याम्पस प्रमुख अवस्थीले बताए । २०४६ सालमा स्थापना भएको क्याम्पस २०७५ सालदेखि सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसको रुपमा सञ्चालनमा रहेको छ ।
विश्वविद्यालय स्थापना दिवसको अवसरमा क्याम्पस परिसरमा सरसफाइ गरिएको अवस्थीेले बताए । क्याम्पसका प्राध्यापक तथा कर्मचारी, स्ववियु सभापति तथा पदाधिकारी र क्याम्पसमा अध्ययनरत विद्यार्थी लगायतको सहभागितामा सरसफाइ गरिएको हो । जगन्नाथ बहुमुखी क्याम्पसमा अहिले स्नातकोत्तर सम्मको पढाई हुने गरेको छ ।
यस्तै विश्वविद्यालय स्थापना दिवसको अवसरमा केन्द्रीय क्याम्पसमा पनि विभिन्न कार्यक्रमको आयोजना गरिएको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख अवस्थीले बताए ।




