बैतडीको मेलौलीका विद्यालयहरुमा भोलि शोक विदा
बैतडी- बैतडीको मेलौली नगरपालिका भित्रका विद्यालय भोलि बन्द रहने भएका छन् । वडा नं ८ कमलपूर माविमा कार्यरत लेखा कर्मचारी राज सिंह विष्टको निधन भएको शोकमा नगरपालिकाले भोलि सबै शिक्षण संस्थामा शोक विदा दिएको हो । जण्डीस रोगबाट ग्रसित शिक्षक बिष्टको यहि असार १ गते शुक्रबार राति ४३ बर्षको उमेरमा निधन भएको थियो।
आज एक सूचना जारी गरेर नगरपालिकाले भोलि सोमबार नगरपालिका अन्तरर्गतका सबै विद्यालय तथा शिक्षण संस्थामा शोक विदा हुने जनाएको छ ।
नगरप्रमुख भिम बहादुर चन्दद्वा
रा हस्ताक्षरित सूचनामा भोलि विद्यालयमा शोक विदा दिने उल्लेख गरिएको छ ।
प्रकाशित मिति: आइतबार, असार ३, २०८० १५:४१
प्रतिक्रिया दिनुहोस्




