Sagun Khabar
बैतडीको सतबाँझमा सिसी क्यामेरा लगाएकै दिन पसल अगाडीबाट सरिया गायब

बैतडी- बैतडीको सतबाँझमा रहेको एकपसलमा चोरी भएको  छ । जिल्लाको  सुर्नया गाउँपालिका  वडा नं २ स्थित सतबाँझ बजारमा सञ्चालित बाशुलिङ्ग ट्रेर्डस   एण्ड सप्लार्यसमा गत बिहीवार राति चोरी भएको हो ।

पसल अगाडी राखेका एक बण्डल सरिया बिहीवार राती गायब भएका व्यवसायी हरिश पाण्डेले बताए । सोही दिन दिउँसो  सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान गरिएका थिए । दिउंसो सिसी क्यामेरा जडान गरिएकोमा राति सरिया चोरी भएका हुन् ।

महाकाली राजमार्गको दार्चुला सडकखण्डमा रहेको पाण्डेको पसल अगाडीबाट यस अघि पनि सरिया चोरी भएका थिए । जेठ १० गते पनि एक बण्डल सरिया चोरी भएका  व्यवसायी पाण्डेले बताए । एक  बण्डलमा करिब १ क्विन्टल ६ किलो सरिया हुने  गरेको उनले  बताए ।  

सरिया चोरी भएपछि उनले  प्रहरीमा  निवेदन दिएका छन् । चोरी गर्ने गिरोह  पत्ता लागेको  छैन् ।  सतबाँझ प्रहरीले  पिडीतको  निवेदन परेको  भन्दै अनुसन्धान भैरहेको  बताएको  छ । सुर्नया गाउँपालिकाको  सतबाँझ  बजारमा  जेठ ३२ गते  बिहीवार  ४ ओटा सिसी क्यामेरा जडान गरिएका हुन् । 

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update