Sagun Khabar
कैलालीका सिडियो सवार स्कार्पियो दुर्घटना

धनगढी- कैलालीका प्रमुख जिल्ला अधिकारी (सिडियो) सवार स्कार्पियो दुर्घटनामा परेको छ। सिडियो युवराज कटेल सवार उक्त गाडी मिनी बससँग ठोकिएको हो।

अन्तर जिल्ला बैठकबाट फर्किने क्रममा बबइ आसपासमा गाडी दुर्घटनामा परेकाे उनले बताए। उनका अनुसार गाडीमा सवार सबै सकुशल रहेका छन्। उनी नेपालगञ्जबाट फर्किरहेका थिए।

प्रकाशित मिति: आइतबार, असार ३, २०८०  १०:१२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update