Sagun Khabar
बैतडीको अमरखेतमा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन 

बैतडी –बैतडीको डिलाशैनी गाउँपालिका वडा नं २ अमरखेतमा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा आएको छ । स्वास्थ्य सेवाबाट टाढा रहेका नागरिकको समस्यालाई ध्यानमा राखेर अमरखेतमा सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको हो । 

डिलाशैनी गाउँपालिकाले निर्माण गरेको स्वास्थ्य केन्द्रको भवनमा शुक्रबारदेखि सेवा सुरु भएको कोटपेटरा स्वास्थ्यचौकीका इन्चार्ज महेश बोहराले बताए । स्वास्थ्य केन्द्रबाट चौबिसै घण्टा सुरक्षित प्रसूती सेवाका साथै अन्य सेवाहरु सञ्चालन भएका उनले बताए । 

सामुदायिक स्वास्थ्य केन्द्रमा अहिले एकजना अहेब र एकजना अनमी खटाइएको छ भने एकजना अनमी थप्ने तयारी भइरहेको बोहराले बताए । 

शुक्रबार एक कार्यक्रमकाबीच सामुदायिक स्वास्थ्य केन्द्रको उद्दघाटन गरिएको हो । दलित महिला वडा सदस्य बिमला औजीको अध्यक्षतामा भएको स्वास्थ्य केन्द्रको सेवा उद्दघाटन कार्यक्रममा डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशी प्रमुख अतिथी रहेका थिए ।

अमरखेतमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालनमा आएपछि स्थानीय नागरिकलाई स्वास्थ्य सेवा लिनका लागि सहज हुने अपेक्षा गरिएको कोटपेटरा स्वास्थ्यचौकीका इन्चार्ज बोहराले बताए । स्वास्थ्यचौकीबाट टाढा रहेको बस्तीलाई लक्षित गरेर सामुदायिक स्वास्थ्य सेवा केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए ।
 

प्रकाशित मिति: शनिबार, असार २, २०८०  १६:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update