बैतडी- बैतडीको सतबाँझ बजारमा सिसीटिभी क्यामेरा जडान भएका छन् । सुर्नया गाउँपालिकाको सहयोगमा वडा नं २ स्थित गाउँपालिकाको मुख्य बजारमा सिसी क्यामेरा जडा भएका हुन् ।
बिहीवार क्यामेरा जडान गरिएका सतबाँझ प्रहरीचौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए । बजार क्षेत्रमा चार ओटा सिसी क्यामेरा जडान भएका उनले बताए । चालु वर्षको बजेटबाट क्यामेरा खरिद गरेर जडान गरिएका सुर्नया गाउँपालिकाले जनाएको छ ।
बजार क्षेत्रमा हुने आपराधिक कृयाकलाप नियन्त्रणका लागि सिसीटिभी क्यामेराले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
सतबाँझमा सिसी क्यामेरा जडान गरेको गाउँपालिकाले सार्वजनिक शौचालय पनि चालु आर्थिक वर्षमै निर्माण गर्ने लक्ष्यका साथ काम भैरहेको बताएको छ ।
गाउँपालिकाका अध्यक्ष अम्मर बहादुर कुँवरले सार्वजनिक शौचालय निर्माण कार्य सुरु भैसकेको बताए । सार्वजनिक शौचालय अभावले समस्या भएकाले निर्माण पछि सहज हुने सतबाँझका व्यापारी चन्द्र सिंह ऐरीले बताए ।




