Sagun Khabar
दोधारा–चाँदनी सुख्खा बन्दरगाह भारतले निर्माण गर्ने 
Atrya hospital

कञ्चनपुर –सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माण गर्न नेपाल र भारतबीच सहमति भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणका क्रममा उक्त परियोजना निर्माणको जिम्मा भारतलाई दिइएको हो । उक्त सम्झौतामा नेपालका तर्फबाट वाणिज्य तथा आपूर्ति सचिव मधुकुमार मरासिनी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समझदारी पत्र साटासाट गरे ।

नेपालले वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन समेत सकिसकेको उक्त परियोजना कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा निर्माण हुनेछ ।
 

प्रकाशित मिति: बिहीबार, जेठ १८, २०८०  १४:५१
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update