Sagun Khabar
बैतडीमा शुक्रबार ६ जनाले कोरोना जिते, थप ६ जनामा संक्रमण पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा शुक्रबार ६ जनाले कोरोना जितेका छन् । जिल्लाको दशरथचन्द नगरपालिकाका ३ जना, दोगडाकेदार गाउँपालिकाका २ जना र पुर्चौंडी नगरपालिकाका १ जनाले कोरोना जितेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस्तै शुक्रबार थप ६ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिकाका ५ जना र सिगास गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो । अहिले जिल्लामा ५८ जना सक्रिय संक्रमित रहेका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १६:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update