Sagun Khabar
बैतडीमा पहिरोले खानेपानी अवरुद्ध

बैतडी –बैतडीको सुर्नया गाउँपालिका ३ धरमघरमा खसेको पहिरोले खानेपानी संरचनामा क्षति पुर्याएको छ । दोगडाकेदार गाउँपालिका वडा नं ७ चडेपानीमा गएको खानेपानीको संरचनामा पहिरोले क्षति पुर्याएको खानेपानी आयोजनाका अध्यक्ष लक्ष्मीदत्त भट्टले बताए । उनले भने ‘खानेपानीको मेनलाइनको माथिबाट खसेको पहिरोले क्षति पुर्याएको छ । खानेपानीका पाइप फुटेका छन् ।’

शुक्रबार बिहान माथिबाट खसेको पहिरोले खानेपानीको मेनलाइनमा क्षति पुर्याएको उनले बताए । खानेपानी लाइन करीब ३ ÷४ सय मिटरमा क्षति पुर्याएको भट्टले बताए । 

Atrya hospital

खानेपानी लाइनमा पहिरोले क्षति पुर्याएसंगै दुई सय घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् । खानेपानी सुचारुका लागि पहल भईरहेको चडेपानी खानेपानी उपभोक्ता समितिले जनाएको छ । 

चडेपानी गाउँमा २० किलोमिटर टाढाको मूहानबाट पानी लगिएको छ । खानेपानीको मेनलाइनमा क्षति भएसंगै खानेपानीको समस्या भएको स्थानीयबासिन्दाहरुले बताएका छन् । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १४:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update