Sagun Khabar
अवरुद्ध महाकाली राजमार्ग सुचारु
Atrya hospital

 बैतडी –पहिरोका कारण अवरुद्ध भएको महाकाली राजमार्ग सुचारु भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तगर्त बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा खसेको पहिरो पन्छ्याएपछि सडक सुचारु भएको हो । 

बिहानदेखि अवरुद्ध भएको सडक दिउँसो साढे १२ बजेदेखि सुचारु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी दर्शन खड्काले बताए । 

सडक सुचारु भएसंगै सवारी साधन सञ्चालनमा आएका छन् । बर्षा पनि भईरहेकाले फेरी पहिरो खस्ने सम्भावना रहेको बताइएको छ । यसअघि लगातारको बर्षाले सो सडकमा असार ५ गते पहिरो खसेको थियो । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १३:११
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update