Sagun Khabar
बैतडीको सुर्नया ७ मा टेलिकमको मोबाइल सेवा अवरुद्ध 
Atrya hospital

बैतडी –बैतडीका विभिन्न स्थानमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको स्थानीयहरुले गुनासो गरेका छन् । केही दिन अघि परेको पानीपछि टेलिकमको सेवा अवरुद्ध भएको सुर्नया ७ का हिक्मत कुँवरले जानकारी दिए  । नेपाल टेलिकमको टावरले काम गर्न छोडेपछि स्थानीयहरुलाई सञ्चारको समस्या भएको उनले बताए । 

सुर्नया ६ जित्कीजुवाँडमा रहेको टावरले काम नगर्दा आफूहरु सञ्चार विहिन भएको स्थानीय दिपेन्द्र कुँवरले जानकारी दिए । टेलिकमका टावरहरु सोलार मार्फत सञ्चालन भईरहेकाले बर्षाका कारण सेवा अवरुद्ध भएको हुन सक्ने अनुमान गरिएको छ ।

टेलिकमको टावरले काम गर्न छोडेपछि आफूहरुले अग्लो डाँडोमा चढेर फोन गर्नुपर्ने बाध्यता आईलागेको उनले सुनाए । उनले भने ‘गएको एक हप्ता यता मोबाइल सेवा अवरुद्ध भएको छ । त्यसैले हामीलाई सञ्चारका लागि निकै समस्या भएको छ ।’
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update