Sagun Khabar
पहिरो खसेपछि महाकाली राजमार्ग अवरुद्ध 

बैतडी –बैतडी–दार्चुला जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको छ । राजमार्गको सतबाँझ–गोकुलेश्वर सडक खण्ड अन्तगर्त बैतडीको सुर्नया गाउँपालिका ३ धरमघर भन्ने स्थानमा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो । 

केही दिन अघि परेको लगातारको बर्षाका कारण खसेको पहिरो फेरी शुक्रबार बिहान पनि खसेकाले सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए । 

Atrya hospital

सडक अवरुद्ध हुँदा दार्चुलबाट अन्य जिल्लाका लागि छुटेका र दार्चुलाका लागि छुटेका गाडीहरु बीचबाटोमै रोकिएका उनले बताए । सडक खुलाउनका लागि प्रयास भईरहेको प्रहरी प्रवक्ता खड्काले बताए । 

सडकमा खसेको पहिरो पन्छ्याउने काम शुरु भईसकेकाले केही घण्टाभित्रै सडक सुचारु हुने बताइएको छ । यसअघि लगातारको बर्षाले सो सडकमा असार ५ गते पहिरो खसेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ११:०६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update