Sagun Khabar
“म बाच्छु देशको लागि, म गर्छु समाज सेवा” ! नमूना बन्दै सिद्धेश्वर मावि हुक्केडाँडा

बैतडी–बैतडीको पाटन नगरपालिका ९ स्थित सिद्धेश्वर मावि हुक्केडाँडा नमूना विद्यालय बन्दै गएको छ । विभिन्न खालका नयाँ कार्यक्रमहरु सञ्चालन गर्दै आएको विद्यालय नमूना विद्यालय बन्दै गएको हो ।

गत बर्ष कार्तिक १९ को वि.व्य.स को निर्णय अनुसार पछिल्लो समय विद्यालयले “म बाच्छु देशको लागि, म गर्छु समाज सेवा”भन्ने मुल उद्देश्य सहित हरेक शनिबार प्रत्येक विधार्थीले आधा देखि एक घन्टा सामाजिक कार्यका लागि समय समर्पण गर्ने कार्यक्रम सञ्चालनमा रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम सिंह भाटले बताए ।

कक्षा ४ देखि १० कक्षा सम्मका विद्यार्थीहरुलाई सामाज रुपान्तरण, सामाजिक सद्भावमा टेवा पुगाउने, समाज सेवाको विकास र चेतना स्तरमा वृद्धि गराउनका साथसाथै बाटोघाटो निर्माण, झाडी सफाइ, पानीका मुल, धाराहरुको सरसफाइ, मठमन्दिरको सरसफाइ, संरक्षण लगायत सार्वजनिक स्थलहरुको संरक्षण सम्बर्द्धन गर्दै समाज सुधार गराउने उद्देश्य

सहित हरेक टोलका विद्यार्थिहरुले आ आफ्नो क्षेत्रमा काम गर्ने गरेको अध्यक्ष भाटले बताए ।

विद्यालयको शैक्षिक र भौतिक विकास गरी विद्यालयलाई जिल्लाकै नमूना बनाउने योजना रहेको विद्यालय परिवारले जनाएको छ ।

२०१८ सालमा स्थापना भएको विद्यालयमा हाल कक्षा १० सम्मको पढाई भईरहेको छ । विद्यालयले बालबालिकाहरुलाई सिपयुक्त तालिम समेत दिँदै आएको छ । बालबालिकाहरुलाई जिवनोपयोगी सीप सिकाउने गरिएको अध्यक्ष भाटले बताए ।

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १७:१३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update