बैतडी–दार्चुलाको महाकाली नदिमा एक पुरुषको शव फेला परेको छ । जिल्लको महाकाली नगरपालिका वडा नं.५ स्थित महाकाली नदिको बिच भागमा शव फेला परेको हो । शनिबार स्थानियले नदिको बिच भागमा ढुङ्गामा शव अड्किएको देखे पछि प्रहरीलाई खबर गरेका हुन् ।
अन्दाजि ३०–३५ बर्षको पुरुशको शव महाकाली नदिबाट निकालि लाशजाँच मुचुल्का सहितको प्रारम्भिक अनुसन्धान गरी जिल्ला अस्पताल दार्चुलामा शव राखिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मृतकको ट्रयाकको खल्तीमा Anjani Tour & Travels (टनकपुर, महेन्द्रनगर, बरेली, हल्द्धानी, हरीद्दार, देहरादुन,दिल्ली) लेखेको भिजिटिङ कार्ड फेला परेको छ ।
मृतकको पहिचाा खुल्न बाँकि रहेको र थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८० १२:५३
प्रतिक्रिया दिनुहोस्