Sagun Khabar
बैतडीका वनहरुमा डढेलो ! वन समितिहरु निष्क्रिय

बैतडी–सुख्खापन बढेसँगै बैतडीका वनहरुमा डढेलोको जोखिम बड्दै गएको छ । समयमै बर्षा नहुदा सुख्खापन बड्दै गएको हो । सुख्खापन बढ्दै गएपछि वनहरुमा डढेलोको जोखिम बढेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलले बताए ।

बैतडीमा अधिकांश सल्लेरी वनहरु रहेकाले डढेलोको जोखिम झन् बढी रहेको र यो समयमा वनजंगलमा आगो लागाए घाँस पलाउँछ भन्ने गलत मान्यता रहेकाले पनि डढेलोको जोखिम बढ्दै गएको डिभिजन वन कार्यालय बैतडीका प्रमुख कँडेलले बताए । 

Atrya hospital

सल्लेरी वनहरुमा डढेलोको जोखिम बढी हुने गरेको छ । लामो समय सम्म पानी नपर्दा सुख्खापन बढेका कारण  यो बर्ष अन्य बर्षको तुलनामा डढेलोको जोखिम बढी भएको कँडेलले  बताए । 

सामुदायिक वनहरुको कार्ययोजनामा वन डढेलो कसरी नियन्त्रण गर्ने भन्ने कुरा उल्लेख भएपनि त्यसको कार्यान्वयन भने हुन नसकेको कँडेलले बताए । सामुदायिक वनहरुले आफ्नो कार्ययोजना अनुसार काम नगर्ने र उपभोक्ताले पनि क्षणिक फाईदाकालागी वनमा आगो लागाउने गरेकोले वन डढेलोको जाखीम बढिहुने गरेको डिभिजन वन कार्यालय बैतडीका प्रमुख भीमप्रसाद कँडेलको भनाई छ । 

डढेलोका कारण लाखौंका वनसम्पदा, वन्यजन्तु नष्ट हुने,मानविय क्षति सगैँ बाताबरणमा प्रभाव पर्ने भएपनि डढेलो नियन्त्रणका बिषयमा समुदायस्तरमा चेतनाको कमी रहेको कँडेलले बताए ।

जिल्लामा ३६९ ओटा सामुदायिक वनहरु रहेका भएपनि सामुदायिक वनहरु सक्रिय नहुँदा वन डढेलो नियन्त्रणमा समस्या भएको छ । अहिले बैतडीका ३ भन्दा बढी सामुदायिक वनमा डढेलो लागेको छ ।   
 

प्रकाशित मिति: शनिबार, वैशाख ३०, २०८०  १२:१३
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
Weather Update