Sagun Khabar
बैतडीको डिलाशैनीले गाउँपालिकाले एक हप्तापछि बजेट ल्याउने 
Atrya hospital

बैतडी – बैतडीका १० ओटा स्थानीय तह मध्ये डिलाशैनी गाउँपालिकाले समयमा नीति तथा कार्यक्रम र बजेट गाउँसभामा पेश गरेको छैन् । असार १० गतेभित्र पालिकाहरुले आफ्नो सभामा आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बजेट पेश गर्नुपर्ने भएपनि डिलाशैनी गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेको हो । 

जिल्लाका ९ ओटा स्थानीय तहले समयमै नीति तथा कार्यक्रम र बजेट ल्याएको भएपनि डिलाशैनीले मात्रै समयमा नीति, कार्यक्रम र बजेट ल्याउन नसकेको हो । 

नीति तथा कार्यक्रम र बजेटका लागि तयारी भईरहेकाले एक हप्ताभित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउने तयारी भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पंखबहादुर शाहले जानकारी दिए । तयारी अपुग भएकाले बजेट ल्याउन ढिलो भएको उनले बताए । 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०८:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update