Sagun Khabar
बजेट : शिवनाथको ३४ करोड ५२ लाख, पञ्चेश्वरको ३७ करोड ९३ लाख 

बैतडी – जिल्लाको शिवनाथ गाउँपालिकाले बिहीबार आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम बजेट ल्याएको छ । गाउँपालिकाले ३४ करोड ५२ लाख २२ हजारको बजेट ल्याएको हो । गाउँपालिका उपाध्यक्ष कुस्मा चन्दले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको छ ।

कृषि उपजको उत्पादनलाई बढाउने र पालिकाबासीलाई स्वारोजगार तर्फ उन्मुख गराउने उदेश्यले कृषि क्षेत्रलाई प्राथमिकतामा राखिएको उपाध्यक्ष चन्दले बताइन् ।

Atrya hospital

यसैगरि एकल महिलाहरुको समूह गठन गरि उनिहरुकै मागका आधारमा सीपमूलक कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्ल्लेख छ । गाउँपालिकाले कोरोना माहामारीको व्यवस्थापनलाई प्राथमिकतामा राख्नुका साथै अधिकासं बिगतका कार्यक्रमलाई निरन्तरता दिएको छ । 

यस्तै जिल्लाको पञ्चेस्वर गाउँपालिकाले बिहीबार ३७ करोड ९३ हजारको बजेट ल्याएको छ । उपाध्यक्ष बिना भट्टद्धारा प्रस्तुत नीति  तथा कार्यक्रम र बजेटमा स्वास्थ्य र कृषि क्षेत्रलाई बिशेष प्राथमिकतामा राखिएको छ ।

कोरोनाका कारण रोजगारी गुमेका युवाहरुलाई कृषि र पशुपालनमा आबद्ध गराइने गाउँपालिका प्रवक्ता दशरथ मंगोलाले बताए । पञ्चेश्वरले पनि अधिकांस पुरानै कार्यक्रमलाई निरन्तरता दिएको छ । 
 

प्रकाशित मिति: शुक्रबार, असार ११, २०७८  ०७:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update