Sagun Khabar
बैतडीको दोगडाकेदारले ५८ करोड ४ लाखको बजेट ल्यायो 

बैतडी–बैतडीको दोगडाकेदार गाउँपालिकाले आज निति तथा कार्यक्रम र बजेट ल्याएको छ । गाउँपालिकाको सातौँ गाउँसभामा गाउँपालिकाका उपाध्यक्ष पावती कार्कीले ५८ करोड ४ लाख ९८ हजार रकम बराबरको बजेट पेस गरेकी छन्  । 

आज प्रस्तुत निति तथा कार्यक्रममा स्वास्थ्य, कृषि, युवा स्वरोजगार लगायतका बिषयलाई प्रथामिकतामा राखेको छ । विगतका बर्षदेखि सञ्चालनमा रहेका कार्यक्रमहरुलाई निरन्तरता दिइएको छ ।

Atrya hospital

छोरी जन्माउने आमालाई विगतमा १ हजार पोषण भत्ता दिइदैँ आएकोमा उक्त रकम २ हजार पु¥याइएको छ भने, लैगिंक हिंसा न्यूनीकरणका लागि कार्यक्रम सञ्चालन गरिने निति तथा कार्यक्रममा उल्लेख छ । 

हिंसामा परेका महिलालाई स्वरोजगार, उपचार तथा पुर्नस्थापना गरिने बताइएको छ । यसैगरी गरिब परिवारलाई प्रोत्साहन गर्ने कार्यक्रम अन्तरगत महिनामा २० युनिट भन्दा कम बिद्युत उपभोग गर्ने व्यक्तिको महसुल गाउँपालिकाले तिर्ने कार्यक्रम ल्याइएको छ ।

अधिकांश बिगतका कार्यक्रमलाई निरन्तरता दिइएको गाउँपालिका उपाध्यक्ष कार्कीले बताइन् । आगामी आ.व.को बजेटमा बेरोजगारी हटाउनका लागी कृषि र पशु पालनलाई प्राथमिकतामा राखिएको उनले बताइन् । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १९:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update