Sagun Khabar
नक्कली कागजात पेस गरी नेपाली नागरिकता लिने १० जना भारतीय नागरिक पक्राउ


काठमाण्डौ – नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिने १० जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीको टोलीले झण्डै साढे ३ महिनाको अनुसन्धानबाट भारतीय नागरिकहरुले नक्कली कागजात पेस गरी नागरिकता लिएको तथ्य बाहिर ल्याएको हो ।

Atrya hospital

उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी मनोज केसीले नक्कली कागजात पेस गरेर नेपाली नागरिकता लिएका १० जना भारतीय नागरिकलाई पक्राउ गरेको बताए । उनले भारतको उत्तर प्रदेश बलिया जिल्ला इब्राहिम पट्टी, ग्राम इब्राइमपट्टी, पञ्चायत, भिमपूरा, थाना, बेल्थरा रोड स्थायी घर भएकाहरूले झुटा विवरण पेस गरी नेपालको नागरिकता लिएको बताए ।

उनले भारतीयहरुले नेपालको सिरहा, बारा, पर्सा, रुपन्देहीलगायतका जिल्लाबाट नेपाली नागरिकता लिएको खुलेको बताए । पक्राउ पर्नेमा भारत बिहार घर भइ काठमाण्डौको शंखमूल बस्ने ५५ वर्षीय भरतप्रसाद गुप्ता, ३० वर्षीय राहुल गुप्ता, ५० वर्षीया ज्ञानमती देवी गुप्ता र ३९ वर्षीय गोपाल गुप्ता रहेका छन् । यस्तै बिहार नै घर भइ ललितपुरको लगनखेल बस्ने ४४ वर्षीय रामसुन्दर गुप्ता, गोङ्गबु बस्ने ४३ वर्षीय रामप्रवेश गुप्ता, कलङ्की बस्ने ४६ वर्षीय भरत गुप्ता, ४२ वर्षीया स्नेहलता गुप्ता, ४९ वर्षीया मिनदेवी गुप्ता र ५२ वर्षीया राजेशकुमार गुप्ता पक्राउ परेका छन् । 

एसएसपी केसीले उनीहरूलाई शनिवार हिजो काठमाण्डौको शङ्खमूल, कलङ्की, बागबजार, गोङ्गबु, बानेश्वरलगायत क्षेत्रबाट पक्राउ गरिएको बताए  । उनीहरुले नेपाली नागरिकता प्राप्त गरेपछि नेपालका विभिन्न ठाउँमा घर–जग्गा खरिद गरी व्यापार व्यवसायसमेत गरेर बसेका उनले बताए । 

उनले भारतीयहरुले वंशजको आधारमा नै नागरिकता दिएर नेपालका विभिन्न ठाउँमा व्यापार व्यवसाय समेत गर्दै आएका भेटिएको बताए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update