Sagun Khabar
बैतडीको सिगास गाउँपालिकाले ४२ करोड ४९ लाख बराबरको बजेट ल्यायो 

बैतडी –बैतडीको सिगास गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८÷७९ को निती कार्यक्रम तथा बजेट सार्बजनिक गरेको छ । बिहीवारबाट सुरु भएको नवौँ गाउँसभामा उपाध्यक्ष द्रोपती चन्दले निती कार्यक्रम र बजेट सार्वजनिक गरेकी हुन् । 

गाउँसभामा उपाध्यक्ष चन्दले ४२ करोड ४९ लाख ६२ हजार १ सय ६० रूपैयाँ बराबरको बजेट प्रस्तुत गरेकी छन् ।गाउँपालिकाले आगामी आर्थिक बर्षमा पनि सडक विस्तारका कार्यक्रमलाई प्राथमिकता दिने जनाएको छ । यस्तै पालिकास्तरमा रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम जोड दिने गाउँपालिकाको नीति रहेको छ । 

Atrya hospital

कृषि क्षेत्रलाई समृद्धिको आधार मान्दै कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको उपाध्यक्ष चन्दले बताइन् । कोरोना महामारी नियन्त्रणका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

यस्तै गाँउपालिकाले आगामी आर्थिक बर्षमा पनि उपाध्यक्षको कोसेली कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । यस्तै सिगास गाउँपालिका वडा नम्बर १ मा पत्ता लागेको फलाम खानी उत्खनन कार्य गर्न सहज वातावरण सिर्जना गर्ने कुरा पनि उल्लेख गरिएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update