Sagun Khabar
पुर्चौंडी नगरपालिकामा ६१ करोड १३ लाखको बजेट 
Atrya hospital

बैतडी –बैतडीको पुर्चौंडी नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ६१ करोड १३ लाख ९९ हजार बराबरको बजेट नगरसभामा पेश गरेको छ । उज्यालो पुर्चौंडी नगरवासीको चाहना, विकास र समृद्धि नगर सरकारको परिकल्पना भन्ने नारामा आधारित रहेको नीति तथा कार्यक्रम र बजेट ल्याइएको उपप्रमुख जानकी ऐर बमले जानकारी दिइन् ।

नगर क्षेत्रभित्र विद्युतीकरणलाई प्राथमिकतामा राखेर बजेट ल्याइएको उहाँले बताउनुभयो । यस्तैै विगतका कार्यक्रमहरुलाई निरन्तरता दिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

स्वास्थ्य, शिक्षा, कृषि, विपद् व्यवस्थापनलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम प्रस्तुत गरिएको नगरपालिकाले जनाएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १७:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update