इलाम – इलामको फिक्कलमा माटोको ढिस्कोले पुरिएर चार जनाको मृत्यु भएको छ । सूर्योदय नगरपालिका–१० फिक्कलमा हिजो बेलुका ढिस्कोले पुरिएर चार जना भारतीय नागरिकको मृत्यु भएको हो ।
स्थानीय विनोद श्रेष्ठको घडेरी खन्ने क्रममा झरेको ढिस्कोले बिहार घर भएका तोसिव आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलमको ज्यान गएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।
फिक्कलको छिपिटार जोडिने रिङरोड क्षेत्रमा घर बनाउने क्रममा माथिबाट आएको ढिस्कोले उनीहरुलाई पुरेको प्रहरी निरीक्षक बस्नेतले बताए ।
प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८० ०७:४८
प्रतिक्रिया दिनुहोस्