Sagun Khabar
बैतडीमा बिहीबार ८ जनाले कोरोना जिते, थप दुई जनामा कोरोना पुष्टि 
Atrya hospital

बैतडी –बैतडीमा बिहीबार ८ जनाले कोरोना जितेका छन् । सुर्नया गाउँपालिकाका ४ जना, दशरथचन्द नगरपालिकाका २ जना र पाटन नगरपालिकाका २ जनाले कोरोना जितेका हुन् ।

यस्तै बिहीबार थप २ जनामा कोरोना पुष्टि भएको छ । पाटन नगरपालिका १ का ७५ बर्षीया र २२ बर्षीया २ महिलामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

अहिले जिल्लामा सक्रिय संक्रमित ५८ जना रहेका छन् । मेलौली नगरपालिका बाहेकका ९ स्थानीय तहमा कोरोनाका सक्रिय संक्रमित रहेका हुन् । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:२५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update