Sagun Khabar
बैतडीको सुर्नया गाउँपालिकाले ल्यायो ३९ करोड ७ लाख ९३ हजारको बजेट 

बैतडी –बैतडीको सुर्नया गाउँपालिकाले आगामी आर्थिक बर्षका लागि ३९ करोड ७ लाख ९३ हजार बराबरको बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभामा उपाध्यक्ष लीला बिष्टले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेकी हुन् । 

नीति तथा कार्यक्रम र बजेटमा अधिकांश पुरानै कार्यक्रमलाई निरन्तरता दिइएको छ । शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार निर्माण, वातावरण संरक्षण प्राथमिकतामा राखेको गाउँपालिकाले जनाएको छ । 

Atrya hospital

आगामी आर्थिक बर्षमा गाउँपालिकाले कार्यविधि बनाएर प्रहरी भर्ना गर्ने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी एम्बुलेन्स सञ्चालनमा ल्याउने, कम्ती दुईओटा विद्यालयलाई नमूना विद्यालय बनाउने गाउँपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलापति भट्टले जानकारी दिए ।

यस्तै कोरोना नियन्त्रणलाई प्राथमिकतामा राखेर निती तथा कार्यक्रम र बजेट ल्याइएको छ । एक बस्तीमा एक नमूना योजना बनाउने कार्यक्रम अघि सारिएको छ भने दलित बस्तीहरुलाई नमूना बस्तीको रुपमा विकास गरिने कुरा नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी जनतासंग जनप्रतिनिधि कार्यक्रम सञ्चालन गरिनेछ भने एक घर एक करेसाबारी कार्यक्रम लागू गरिने उल्लेख गरिएको छ । 

गाउँपालिकाका सडकसंग जोडिएका मुख्य बजारहरुमा सडक सौर्यबत्तीको व्यवस्थापन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । यसैगरी मौरीपालनका लागि उपयुक्त वडाहरुमा एक घर एक घार कार्यक्रम अघि बढाईने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

गाउँपालिकाको केन्द्र पबिता जोड्नका लागि मोटरेबल पुल निर्माणको कामलाई अघि बढाइने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

आगामी आर्थिक बर्षमा विपद् व्यवस्थापन कोषको स्थापना गर्ने र विपद् व्यवस्थापन योजना बनाउने कुरा पनि नीति तथा कार्यक्रममा समेटिएको प्रमुख प्रशासकीय अधिकृत भट्टले बताए । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १६:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update