Sagun Khabar
जिल्ला अस्पातल बैतडीले आइतबारदेखि ओपीडी सेवा सञ्चालन गर्ने 
Atrya hospital

बैतडी –जिल्ला अस्पताल बैतडीले आइतबारदेखि नियमित ओपडी सेवा सञ्चालन गर्ने भएको छ । अस्पतालमा कोरोनाका बिरामीको संख्या शुन्य भएपछि अ‍ोपडी सेवा सञ्चालन गर्ने तयारी भएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले जानकारी दिए । 

यसअघि कोरोना भाईरसका कारण अस्पतालले आकस्मिक र सुत्केरी बाहेकका सेवा बन्द गरेको थियो । कोरोना भाईरसको जोखिम कम हुँदै गएपछि ओपीडी सेवा सञ्चालन गरिने अस्पतालका सूचना अधिकारी हरिश पन्तले जानकारी दिए । सेवा लिँदा जनस्वास्थ्यका मापदण्ड अपनाउनुपर्नेमा उनले जोड दिए । 

ओपीडी सेवा शुरु हुनेभएपछि नागरिकलाई उपचारका लागि सजिलो हुने भएको छ । 
 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १५:२३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update