Sagun Khabar
मेलौली नगरपालिकाको बजेट ५९ करोड २२ लाख 


बैतडी –बैतडीको मेलौली नगरपालिकाले आगामी आर्थिक बर्षका लागि ५९ करोड २२ लाख ८८ हजार बराबरको बजेट ल्याएको छ । बिहीबार बसेको आठौं नगरसभामा उपप्रमुख राधा ओझाले आगामी आर्थिक बर्षको निती तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका हुन् । 

नगरपालिकाले अधिकांश विगतकै कार्यक्रमहरुलाई निरन्तरता दिएको छ । समृद्ध मेलौली नगरपालिकाको आधार, कृषि,पर्यटन र पूर्वाधार भन्ने नारालाई साकार तुल्याउने हिसाबले नीति तथा कार्यक्रम र बजेट तयार पारेको उपप्रमुख ओझाले बताइन् । 

Atrya hospital

यस्तै स्थानीयस्तरमै रोजगारी सिर्जना गर्ने खालका कार्यक्रम सञ्चालन गरिने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषि रहेको भन्दै नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै कोभीड जस्ता महामारीसंग सामाना गर्नका लागि आवश्यक कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ । नगरपालिकालाई बालविवाहमुक्त नगरपालिका घोषणा गर्नका लागि पहल गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।

यस्तै परम्परागत सीपहरुको आधुनिकीकरण गरी नगरबासीको आयआर्जनमा वृद्धि ल्याउने कुरा पनि उल्लेख गरिएको छ । यसैगरी ल्याण्ड फिल साइड निर्माणका लागि जमीनको खोजी गर्ने र डम्पिङ साइड निर्माण गर्ने कुरा पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । 

नगरपालिकाले आगामी आर्थिक बर्षमा पनि उपमेयरको कोसेली कार्यक्रमलाई निरन्तरता दिने र बिधुर भत्तामा केही थप गरिने समेत उल्लेख गरिएको छ । 

नगरपालिकाले आर्थिक विकास, सामाजिक क्षेत्र, सांस्कृतिक तथा पर्यटन क्षेत्र, वातावरण संरक्षण लगायतका क्षेत्रमा आवश्यक नीति तथा कार्यक्रम तर्जुमा गरेको उल्लेख गरिएको छ । यस्तै खेलकुद क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राखेको नगरपालिकाले जनाएको छ । 

प्रकाशित मिति: बिहीबार, असार १०, २०७८  १५:०३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update